सुर्खेतमा भएकाे बस दुर्घटनामा तीन जनाकाे मृत्यु, २७ घाइते

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

सुर्खेत,११ भदाै । सुर्खेतमा आज विहान बस दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ। एक जनाकाे घटनास्थलमै र दुई जनाकाे उपचारका क्रममा काेहलपुर मेडिकल कलेजमा मृत्यु भएकाे हाे।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३ बजे दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाकाे सनाखत भएकाे छैन्।

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना भएकाे थियाे ।

मृतकमध्ये दुई महिला र एक पुरुष छन् । त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।