एटिएम ह्याकर थप एक व्यक्ति विमानस्थलबाट पक्राउ

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडाैं,१६ भदाै । एटिएम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहका थप एकजना पक्राउ परेका छन्।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

होटेल र एटिएमको सिसी क्यामराको आधारमा उनीहरु सँगै रहेको समेत खुलेको छ। ‘उनीहरु एउटै होटेलमा समेत रहेको देखिएको छ। पक्राउ परेका उनी चिनियाँ मुलुका फ्रान्स नागरिक भएको खुलेको छ। उनी सित फ्रान्सको पासपोर्ट समेत फेला पारेको छ।

शनिबार दिउँसोदेखि प्रहरीले ह्याकर समूहका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।