काठमाडौं, १९ भदौ । चिनियाँ ह्याकरहरुले विभिन्न बैंककाे एटीएमबाट ३ करोड ५८ लाख रुपैयाँ चोरी गरेकाे राष्ट्र बैंकले जनाएकाे छ । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाउँदै चाेरीकाे रकम बारे जानकारी गराएकाे हाे ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वको छानविन समितिले बुझाएको प्रतिवेदनमा प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको उल्लेख गरेको छ । यसअघि १ करोड ६८ लाख रुपैयाँ मात्र चोरी भएको दाबी गरिएको थियो ।
१७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसअघि सोही समूहले भारतबाट एक करोड ७० लाख रुपैयाँ निकालेको प्रतिवेदनमा जनाइएको छ
६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।