सुन प्रतितोला १४ सयले घट्यो

Bhim Thapa Business/अर्थ ब्यापार , News/समाचार , September 6th, 2019


काठमाडाैं ,२० भदाै । सुनको मूल्य आज प्रतितोलामा १४ सय रुपैयाँले घटेको छ । चाँदीमा पनि आज ४० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।पछिल्लो दुई महिनादेखि निकै उतारचढावबीच कारोबार हुँदै आएको छ ।

महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज प्रतितोला १४ सय रुपैयाँले घटेको हो । उसो त अस्ति बुधबार छापावाल सुन ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजाबी सुन पनि प्रतितोला १४ सय रुपैयाँ घटेको छ । बिहीबार (हिजो) प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज (शुक्रबार) भने ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल र तेजाबी सुनमा प्रतितोला १४ सय रुपैयाँ भए पनि घटेपछि उपभोक्तालाई अलिअलि राहत भएको छ ।

  • साेविता सिंखडाकाे उपन्यास वराङ्गना बजारमा उपलब्ध छ

  • अवस्य Subscribe गराै र नयाँ नयाँ Video काे मज्जा लिनुहाेस

  • फरक प्रकारका भिडियाेहरूकाे लागी Round Chilli PLZ Subscribe