काठमाडाैं,२३ भदाै ।नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई डेंगू लागेको छ।
उनलाई अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ। तिलगंगा आँखा केन्द्रका निर्देशक डा रुइतको स्वास्थ्य परीक्षण भइरहेको र रिपोर्ट आउँन बाँकी रहेको जनाएको छ। उनीसहित परिवारका तीन सदस्यलाइ पनि डेंगु संक्रमण भएकाे छ।
पछिल्लाे समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेकाे अवस्थामा विरामी पर्ने डा रूइत एक्ला स्वास्थ्यकर्मी भने हाेइनन् । १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भइ उपचार गराइरहेका छन् ।
स्वास्थ्यकर्मी नै विरामी परेपछि सर्वसाधारणमा झन त्रास बढेकाे छ। डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी हुन नसकेकाे डा रूइत बताउँछन् ।

