मोटरसाइकल दुर्घटनामा घाइते पूर्वमन्त्री यमी अस्पताल भर्ना

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ६ वर्ष अगाडि

काठमाडौं, २३ भदौ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी पत्नी हिसिला यमी मोटरसाइकल दुर्घटना परेर घाइते भएकी छन् ।

आइतबार मोटरसाइकल दुर्घटना परेर घाइते यमीलाई ललितपुरको बी एण्ड बी अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वमन्त्री समेत रहेकी यमीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको चिकित्सकहरूले जनाएका छन् ।