थिमिको जिब्रो छेड्ने जात्रा रोकियो!

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ६ वर्ष अगाडि

भक्तपुर,२९ भदाै। थिमिको जिब्रो छेड्ने जात्रा यो वर्ष रोकिएको छ। जिब्रो छेड्ने व्यक्ति नभेटिएपछि जात्रा रोकिएको हो।
 
२५ वर्षसम्म बन्द रहेको मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई ०५२ मा चेंडेका कृष्ण कृष्ण नानीचा श्रेष्ठले प्राण दिएका थिए। उनले जिब्रो छेड्ने जात्रालाई वर्षैपिच्छे निरन्तरता दिन भने सकेनन्।
 
पुनः ०५७ र ०६३ मा गरी दश वर्षमा तीन पटक जिब्रो छेडाएर उनले थिमिबासीलाई सांस्कृतिक सभ्याताको परिचय दिए।

कृष्ण नानीचा श्रेष्ठपछि एघारवर्षदेखि रोकिएको जिब्रो छेड्ने जात्रालाई ०७४ मा मध्यपुर थिमि–४, बालकुमारीका वीरेन्द्रभक्त गजुले फेरि सुरु गरे। अर्को साल उनको बुबाको निधन भयो। 

जिब्रो छेडाउन सकेनन्। गत वर्ष (२०७५) मा मध्यपुर थिमी–५ चोंडेका ४० वर्षीया बालराम नानीले जिब्रो छेडाएर संस्कृति बचाए। यस वर्ष जिब्रो छेडाउन कोही तयार भएन। कान्तिपुर दैनिकमा खबर छ।