दुबै सदनकाे बर्षे अधिवेशन अन्त्य

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडाैं,२ असाेज । संघीय संसदकाे चालू बर्षे अधिवेशन आज अन्त्य हुँदैछ।

वैशाख १६ गतेबाट सुरु भएको चालू अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित लगायत अन्य महत्वपूर्ण विधेयक पारित भएका छन्।

संसद् सचिवालयले बर्षे अधिवेशन अन्त्यको सम्पूर्ण तयारी गरेकाे जनाइए पनि सरकारकाे पत्र भने संसदलाइ प्राप्त नभएकाे जनाइएकाे छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सरकारले सिफारिस गरिसकेकाे छ। तर औपचारिक रूपमा संसदलाई भने पत्र प्राप्त भएको छैन।

उनले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिसकेकाले बिहीबारै अन्त्य हुने जानकारी दिए। राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र पनि आजै आउन सक्ने उनकाे भनाइ थियाे। आजकाे बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गर्ने कार्य सूची रहेकाे छ। प्रतिनिधि सभाकाे बैठक विहान ११ बजे र राष्ट्रिय सभाकाे बैठक ३ बजेका लागि डाकिएकाे छ।