गाईको मासु खान उक्साउँदै सरकार

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं ।सरकार मातहतकै निकायले गाइको मासु खान र काट्न उस्काउँदै विज्ञापन (सार्वजनिक सूचना) बनाएर सार्वजनिक गरेको छ।

कृषि तथा पशुपक्षी मन्त्रालय अन्तर्गत पशु सेवा बिभागको पशु आहारा तथा लाइभस्टक गुण नियन्त्रण प्रयोगशालाले प्रकाशित गरेको पोष्टरमा यस्तो गम्भीर भूल गरिएको छ।

सूचनामा ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ उल्लेख गरिएको छ। यसको ठीकमुनि तयारी मासुसँगै विभिन्न जनावरका चित्र राखिएका छन्। जसमध्ये दोस्रो लाइनको सबैभन्दा बायाँ गाईको तस्बिरसमेत राखिएको छ। जहाँ चरिरहेको गाई देख्न सकिन्छ। अझ गाई काट्नेलाई कैदसम्मको व्यवस्था कानुनमा प्रावधान छ। पशु सेवा विभागले भने गाईको मासु काटेर खाऔं भन्ने आशयले विज्ञापन बनाएको छ।

गुण नियन्त्रण प्रयोगशालाका प्रमुख डा. नम्रता सिंहले यो पोष्टर नभई स्टिकर भएको बताइन्। स्पुेसखबरसंग कुरा गर्दै डा. सिंहले यसबलाई प्राबिधिक त्रुटी भएको बताइन्। उनले भनिन्‘ नहुनुु पर्ने भयो, यसलाई हामीले सच्याइसकेका छौं।’ उनले मासुका प्रसंग उल्लेख गर्दा दूधजन्य पदार्थको कपिपेष्ट भएर गाईको तस्बीर पर्न गएको बताइन्।

पशुसेवा बिभागले आजै एक सूचना प्रकाशित गरी प्राबिधिक कारण गाईको तस्वीर पर्न गएकोमा क्षमा याचना गरेको छ। बिभागका महानिर्देशक डा. बंशी शर्माले बिभागले सो तस्वीर सच्याइसकेको बताएका छन्।  पशुुसेवा बिभागका अर्का कर्मचारी नबराज सापकोटाले झुक्किएर गाईको तस्वीर पर्न गएको बताए।

सो विज्ञापनलाई लिएर राप्रपाले आपत्ति जनाएको छ। राप्रपा प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले एक बिज्ञप्ति निकाली सो घटनामा अबिलम्ब छानवनि गरी दोषीमाथि कार्बाहीको माग राखेका छन्।

गणतन्त्रअघि नेपाल हिन्दु राज्य थियो। अहिले भने धर्म निरपेक्ष राज्य घोषणा भए पनि गाईलाई संविधानमै राष्ट्रिय जनावरका रुपमा राखिएको छ। हिन्दुहरुले गाईलाई आमा, लक्ष्मी, माताका रुपमा पुज्ने गर्छन्। तर गाईको मासु खान त झन् सोच्न पनि सकिँदैन। अझ तिहारमा त झन् गाईको पूजा गर्ने दिन राज्यले सार्वजनिक बिदासमेत दिने गर्छ। गाई पुज्ने दिनलाई नेपालीले लक्ष्मीपूजाका रुपमा हर्षोल्लाससहित धुमधाम मनाउने गरिन्छ। यो दिन नेपालीहरुको विशेष दिनसमेत मानिन्छ।साभार स्पेशखबर