ह्याकरकाे निशानामा कृषि विकास बैंक: १ करोड ५६ लाख व्यक्तिकाे खातामा ट्रान्सफर

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ। ह्याकरको समूहले सिस्टम ह्याक गरेर उक्त रकम चोरी गरेको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे।

ह्याकरहरुले कृषि विकास बैंकको लहान शाखाबाट केन्द्रीय शाखामा ट्रान्सफर गरेर रकम झिकेको देखिएन आएको प्रहरी स्रोतले जानकारी दिएको छ।   आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

काठमाडौंबाट पक्राउ परेका तीन जना नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकम समेत बरामद गरेको छ। प्रहरीले ट्रान्सफर भएको रकम बाहिरी नसकेको जानकारी दिएको छ।

कृषि विकास बैंक सिस्टम हृयाकिङ प्रकरणमा भने बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । प्रहरीले यस प्रकरणमा जोडिएको आशंका गर्दै ११ जनालाई विभिन्न ठाउँहरुबाट पक्राउ गरिसकेको छ ।