यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ५ वर्ष अगाडि

काठमाडौं,१४ असोज। सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा दिएका हुन् । छानविन प्रक्रिया सहजहोस् भन्नका लागि त्यो नसकिँदासम्मका लागि भन्दै महराले उपसभामुख समक्ष राजीनामा दिएका हुन् ।

संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । प्रमुख सत्तारूढ दल नेकपाले पनि सभामुख महरार्लाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएको थियो ।