काठमाडाैं,१७ असाेज ।निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिकाे याैन दुर्व्यवहार अाराेपका विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने भएकाे छ ।याैन दुर्व्यवहार भएकाे भनिएकाे क्राइम सिन र पीडित राेशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरूकाे सुझावका अाधारमा फरेन्सिक जाँच गर्न लागेकाे हाे ।
अनुसन्धान अधिकृतहरू बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेकाे स्राेतले जनायाे ।पीडित भनिएकी महिलाले क्राइम सिन भन्दा विपरीत बारम्बार फरक-फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ , प्रहरी स्राेतले भन्याे, त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयाेग गर्ने तयारीमा छाैं ।
संसद सचिवालयमा कार्यरत शाहीले अाफूमाथि महराले याैन दुर्व्यवहार गरेकाे सूचना प्रहरीलाइ दिएपनि त्यसपछि पटक- पटक कुरा फैर्दै अाएकी छन् । साभार कान्तिपुर