दुर्घटनामा दुई भारतीयको मृत्यु

Bhim Thapa MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

सप्तरी,६ फागुन । बोदे बसाइन नगरपालिका–४ गौरास्थित भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी दुई भारतीय नागरिकको मृत्यु भएको छ । बोदे बसाइनबाट विष्णुपुरतर्फ जाँदै गरेको ना१क ५५२७ नम्बरको टिपरको ठक्करले विपरीत दिशाबाट आउँदै गरेको स १ ह ३७९५ नम्बरको अटोमा सवार दुई भारतीयको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा भारत जिल्ला अररिया मोतिहारी ग्राम पञ्चायत ७ का २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनकुनिया खातुनको मृत्यु भएको हो । हुसेनको घटनास्थलमै र खातुनको न्युरो अस्पताल विराटनगरमा उपचार गर्न लैैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।