थप ३८० जनामा कोरोना, सङक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,२ असार । नेपालमा मङ्गलबार थप ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३५२ पुरुष र २८ महिला गरी कूल ३८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार ५९१ पुगेका छन् ।

तीमध्ये ६ हजार ९२ पुरुष र ४९९ महिला छन् । हालसम्म एक हजार एक सय ५८ जना निको भई घर फर्किएका छन् । निको भई घर फर्किनेमा एक सय १२ महिला र एक हजार ४६ पुरुष रहेका छन् । सङ्क्रमितमध्ये हालसम्म १९ जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना सङ्क्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१, सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका नौ÷नौ, दैलेखका पाँच, रुपन्देही स्याङ्जा र सुर्खेतका चार÷चार, नवलपुर, कास्की र सप्तरीका तीन÷तीन, सुनसरी, सिराहा, पर्सा, तनहुँका दुई÷दुई तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान र अछामका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार नौ र आइसोलशनमा ५ हजार ५३१ जना रहेका छन् ।