एसईई र कक्षा १२ को परीक्षा जेठमा हुने

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ५ वर्ष अगाडि

काठमाडाैं । यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुनेछ ।

कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।विगतमा एसईई चैतमै हुँदै आएकामा यसपालि कोरोना महामारीका कारण कक्षा प्रभावित भएकाले धकेलिएको हो ।