फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

Bhim Thapa Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । नेपाल टेलिभिजनको महाप्रवन्धकमा फूलमान बल नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

सञ्चार मन्त्रालयले महाप्रबन्धकमा आह्वान गरेको दरखास्त मध्ये प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन् । उनी नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी आवद्ध हुन् ।

यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि महाप्रबन्धक पद रिक्त रहेकाे थियाे ।