मेलम्ची खानेपानीकाे उद्घाटन गर्दै गर्दा राष्ट्रपतिले गरिन् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाे स्मरण

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी काठमाडौं भित्रिएसंगै भूमण्डलाई पनि सहयोग पुग्ने बताउनुभएको छ ।

भृकुटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले उपत्यकाका जलाधार क्षेत्रको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभएको हो ।

उहाले जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहनजस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको बताउदै मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको बताउनुभयो । उहाले मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरै सहज हुने तर्क गनुभयो ।

राष्ट्रपति भण्डारीले प्रजातन्त्र पुनर्स्थापनापछिको तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रुपमा मेलम्चीको पानी वितरण गर्ने प्रतिवद्धता गरेपछि आयोजनाले थप महत्व र प्रचार पाएको बताउदै भट्टराईलाई स्मरण गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कसैले पनि जनताको जागेको चेतनालाई रोक्न नसक्ने बताउनुभयो ।

उहाले नेपालमा कसरी प्रतिगमन भयो भन्दै प्रश्नसमेत गर्नुभयो । प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरुले प्रतिगमन भयो भन्दै स्यालहुइया मचाएको आरोप लगाउनुभयो । उहाले अवैध बाटोबाट आफु प्रधानमन्त्री बन्दा हुने अनि प्रतिगमन भयो भन्दै जनता अलमल्याएको भन्दै प्रश्न गर्नुभयो । उहाले व्यक्तिगत आकांक्षा परिपूर्ति नहुदा असन्तुष्टि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विकास निर्माणको बाटोलाई कसैले रोक्न नसक्ने बताउदै सरकारलाई अहिले पनि काम गर्न नदिएको ओरोप लगाउनुभयो । उहाले संसदमा बलियाको स्वार्थका लागि तानातान गर्न नहुने बताउदै गोपालप्रसाद रिमालको गीत स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताउदै मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको तर्क गर्नुभयो ।