बैतडीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

बैतडीकाे पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ को गणमेश्रमा आज दिउँसो भएकाे जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

से १ ज १८३ नम्बरको जीप दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेको प्रहरीले जनाएको छ ।मृतक सबै वडा नम्बर–६ का स्थानीयवासीन्दा हुन् ।

 घाइते ६ जनालाई उपचारको लागि जिल्ला अस्पतात बैतडी लगिएको छ ।तत्काल दुर्घटनाकाे कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ।