उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियाे

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।पछिल्लाे समय काठमाडाैं उपत्यकामा काेराेना संक्रमितकाे संख्या दिन प्रतिदिन थपिदै जान थालेपिछ जारी गरिएकाे निषेधाज्ञाकाे अवधिलाई बढाइएकाे छ ।  काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको संयुक्त बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न उपत्यकामा यही २९ गते सम्म निषेधाज्ञा जारी गरिएकाे थियाे ।अब आगामी जेठ १३ गतेसम्म निषेधाज्ञाकाे अवधि थपिएकाे छ ।थप भएको निषेधाज्ञामा अझै कडाइ गरिने भएको छ ।बैठकले विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रममा पनि कडाइ गर्ने र विकास निर्माणकाे काम पनि बन्द गर्न भनेकाे छ ।

दोस्रो भेरियन्टसहितको कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी छ ।