गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्।

ताेकिएकाे समय सीमाभित्र नयाँ सरकार गठनका लागि विपक्षी दलले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गुरुङलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।

आइतबार मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

 नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले आफूसँग बहुमत रहेकाे भन्दै दावी पेश गरेका थिए ।गुरुङ मुख्यमन्त्री पदमा आज नियुक्त भए पनि उनले प्रदेशसभामा एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।