ओली तेस्राे पटक प्रधानमन्त्री बन्न सफल

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्राे पटक प्रधानमन्त्री बन्न सफल  भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि तीनदिनको समयदिएपनि उक्त समयमा कसैको दावी पेश नभएपछि ठुलो दलको हैसियतमा ओलीलाई नै
संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए।

विपक्षी गठबन्धनकाे नेतृत्व गरेका शेरबहादुर देउवालाइ एमालेका नेपाल पक्ष र जसपाले धाेका दिए पछि  उनी दाबी गर्न राष्ट्रपति समक्ष गएनन् ।आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गदै हुनुहुन्छ । आज दिउँसो २: ३० बजे नवनियुक्त प्रधानमन्त्रीको सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।