यो चुनाव गर्नका लागि घोषणा गरिएको होइन:प्रचण्ड

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , May 22nd, 2021

काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव गर्नका लागि संसद् विघटन नगरिएको भन्दै यस्तो चुनावको अर्थ नहुने बताएका छन् ।

संसद् विघटन र चुनाव घोषणा संविधानसम्मत नभएकाले यो कदमको कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने भन्दै दाहालले मध्यराति अपारदर्शी ढंगले गरिएको विघटनको विरुद्ध जनता उभिने पनि बताए । 

‘हामी यसको कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्छौं,’ सर्वदलीय बैठकपछि नयाँ बानेश्वरमा दाहालले भने । उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जिवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातिमा अपारदर्शी ढंगले संसद् विघटन गरिएको भन्दै कानुनी रुपमा प्रमाणित गर्ने पनि बताए ।

अदालतले पहिलेजस्तै फेरि एकपटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरु विश्वस्त गरेको पनि उनले बताए ।