काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आइतबार राति भएको मत विभाजन प्रक्रियामा देउवालाई संसदमा बहुमत सदस्यले विश्वासको मत दिएका थिए । उपस्थित २४९ सांसद मध्ये १६५ जनाले देउवाको पक्षमा विश्वासको मत दिएका थिए भने ८३ जनाले मात्र विपक्षमा मतदान गरेका थिए । एक जनामात्र तटस्थ रहेका थिए । देउवालाई मात्र १२९ मत आवश्यक थियो । संसदमा जम्मा ६१ सांसद रहेको कांग्रेस नेतृत्वको सरकारका अगाडि चुनौतीको पहाड रहेको छ ।
देउवलाई नेपाली कांग्रेस,माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।प्रधानमन्त्रीमा चयन भएको चार दिनमा नै देउवाले विश्वासको मत माग्नु भएको थियो । अब प्रधानमन्त्री देउवालाई पूरा कार्यकाल सरकार सञ्चालनको जिम्मेवारी पाएका छन् ।अर्काे बैठक शुक्रबार बस्ने छ।

