विजय शाहीको मृत्युको खबर झूटो, घरमै भेटिए

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं ।आफूलाई ‘मेमाेरी किङ’ बताउँने विजयी शाहीले आफू मरेकाे हल्ला आफैं फिँजाएका छन् ।
मृत्यु भएको भ्रम फैलाउन सार्वजनिक भएकाे विजयकाे फाेटाेमा मरेकाे जस्तै देखिने गरी सेताे कपडा ओडाइएकाे नाकमा रुइ काेचिएकाे छ, तर फोटोमा हाँसेको जस्तो देखिन्छ ।

अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयीलाई केही दिनअघि अमेरिकी युटुबरले अन्तर्वार्ता लिएपछि उनी फेक भएकाे पत्ता लागेसँगै तनावमा थिए । त्यसपछि उनले आफैले मृत्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्यु भएको फोटोसहितको खबर फेसबुकमा हालेका थिए । तर, शिक्षक शाहीले केही समयमै उक्त फोटो फेसबुकबाट हटाएका थिए ।

विजयको मृत्युको हल्ला झुटो भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएकाे छ । प्रहरीका अनुसार शाही कालिकोट  महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै  भेटिएका छन्।