काठमाडाैं । कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुलाई भाेलिदेखि एस्ट्राजेनेका खोप दिइने भएको छ ।
पहिलाे खाेप लगाएकाे लामाे समय वितिसक्दा पनि दाेस्राे खाेपकाे टुंगाे नभएपछि सरकारले जापान र भुटानबाट आएकाे एस्ट्राजेनेका खोपलाई नै दाेस्राे डाेजकाे रूपमा लगाउन लागेकाे हाे ।अक्सफोर्डले उत्पादन गरेकाे एस्ट्राजेनेका खोपले सुरू मै डब्ल्यूएचअाेबाट मान्यता पाएकाे थियाे ।
खाेप लगाउनका लागि काठमाडौंमा १४४ केन्द्र तोकिएको छ ।अहिलेसम्म नेपालीले काेभिशिल्ड,भेराेसेल र जाेनसाेनकाे खाेप लगाइसकेका छन् । अब लगाउन लागेकाे एस्ट्राजेनेका खाेप नयाँ हाे ।


