सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक(पूर्णपाठसहित)

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । शेरबहादुर देउवा नेतृत्वकाे सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरिएकाे छ । गठबन्धनका शीर्ष नेताहरुले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’लाई अन्तिम रुप दिएपछि
आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।  संयुक्त कार्यक्रममा सरकारका ११ प्राथमिकता निर्धारण गरिएको छ ।

सार्वजनिक न्यूनतम साझा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने उल्लेख छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोना महामारीको समयमा भएका अनियमितताबारे छानविन गर्ने बताए ।

कालापानी र लिपुलेकका बारेमा कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि पहल गर्ने, राष्ट्रिय हितविपरीतको सन्धी सम्झौताका बारेमा पुनरावलोकन गर्नेलगायत सरकारको प्राथमिकतामा परेका छन् ।

यस्ताे छ ‘न्यूनतम साझा कार्यक्रम’काे पूर्णपाठ