वृद्धवृद्धा र अशक्तलाई घरमै गएर काेराेनाकाे खोप लगाउन सर्वाेच्चकाे आदेश

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,२९साउन । सर्वोच्च अदालतले खोप केन्द्रमा आउन नसक्ने वृद्धवृद्धा र अशक्त नागरिकलाई घरमै गएर खोप लगाउन सरकारलाई आदेश दिएको छ । 

स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको संवैधानिक हक भएको भन्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले उक्त अन्तरिम आदेश दिएको हो । अधिवक्ता प्रवेश केसीले साे रिट दायर गरेका थिए ।

वडा स्तरबाट लगत संकलन गरी वा उपयुक्त माध्यमबाट पहिचान गरी घरघरममा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम गर्नू/गराउनू,’न्यायाधीश ढुंगानाको इजलासले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ ।

सरकारले संविधानको व्यवस्थाअनुसार सबै नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनुपर्ने पनि आदेशमा भनिएको छ । सरकारले सुरूमै वृद्धवृद्धाका लागि खाेपकाे व्यवस्था गरेकाे भए पनि खाेप केन्द्रसम्म पुग्न नसक्नेहरूकाे लागि कुनै व्यवस्था गर्न सकेकाे थिएन ।