कोरोना अपडेट:आइतबार थप २,२१२ जनामा कोरोना पुष्टि

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,३१ साउन । नेपालमा आइतबार थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८८ पिसिआर परिक्षणका क्रममा १ हजार ७ सय ९३ र ४ हजार १८ एन्टीजेन परिक्षणका क्रममा ४१९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार २९२ पुगेको छ । त्यस्तै थप १ हजार ८ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ८२ हजार ६ सय ८२ संक्रमित निको भएका छन् । हाल नेपालमा ३९ हजार २९८ सक्रिय संक्रमित आइशोलेशन ४१९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३७ लाख ५७ हजार ५ सय ७२ वटा पिसिआर र ३ लाख ९५ हजार ८५३ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।