भारत सरकारद्वारा अक्सिजन प्लान्ट सहयाेग

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं,१० भदाै। भारत सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराका लागि अक्सिजन प्लान्ट प्रदान गरेको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले अक्सिजन सप्लाई साथसाथै अक्सिजनको अभावलाई ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएको बताए । उनले आगामी दिनमा कोभिशिल्ड भ्याक्सिन उपलब्ध गराए सहज हुने जिकिर गरे ।

अहिले सरकारले खोपलाई प्राथमिकतामा राखेको उनको भनाई छ । उनले १८ प्रतिशत जनतालाई खोपको पहिलो मात्रा र १३ प्रतिशत जनतालाई खोपको दोस्रो मात्रा लगाइसकिएको बताए ।

नेपालका लागि भारतीय राजदूत क्वात्राले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको बताए ।

उनले कोरोनाको महामारी नियनत्रणका लागि भारत सरकारले सदैव नेपाल सरकारलाई सहयोग गर्ने बताए ।