कक्षा १२ को परिक्षा भदौ ३० बाट गर्ने निर्णय

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , साहित्य/ पुस्तक , ३ वर्ष अगाडि

काठमाडौं १६ भदौ । राष्ट्रिय परीक्षा बोर्डले १२ को स्थगित परीक्षा ३० भदौबाट सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिएका छन । अर्यालका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड( १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।

परीक्षाको रुटिनसमेत बोर्डले प्रकाशित गरेको छ । यसअघि कक्षा १२ को परीक्षा दुईपटक स्थगित भएको थियो । पछिल्लोपटक ३१ साउनदेखि हुन लागेको परीक्षा कोभिड( १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएका थियो ।