हरितालिका तीज मनाईदै, मन्दिर परिसरमा हिन्दू नारीहरुको भिड

महिलाहरु मन्दिरहरुमा भेला भएका छन्

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , बिचार , ४ वर्ष अगाडि

काठमाडौं। आज हरितालिका तीज । देशभरका शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड छ । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा हिन्दू नारीहरु रातो रङ्गमा सजिएर हर्षित र उत्साहित बन्दै भव्यरुपले नाँचगान गरेर तीज पर्व मनाउने गर्दछन् , तर यसपटक पहिले जस्तो भिड नभएपनि महिलाहरु मन्दिरहरुमा भेला भएका छन्।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसँग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन हो ।

तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । यो वर्षपनि त्यस्तै भएको छ । यद्धपी विश्वभर फैलिएको कोरोना महामारी अँझै नियन्त्रमा नआएको अवस्थाका कारण धेरै भिडभाड नगरी स्वास्थ्यका मापदण्डहरुलाई ख्याल गर्दै तीज मनाउन अनुरोधका गृह प्रशासन र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभरका महिलाहरुलाई आजको दिन विदा दिइएको छ ।