काठमाण्डौ, २४ भदौ । नेपाली काँगैसका प्रबक्त बिश्व प्रकाश शर्माले पार्टीको आगामी कार्यकालका लागी महामन्त्रीमा उम्मेद्दवारी दिने घोषणा गरेका छन । बिपी कोइरालाको जन्मजयन्तीको अबसर पारेर बिपीले जेल जिबन बिताएको स्थान सुन्दरीजल स्थित बिपी सँग्राहालयमा रुद्राक्षको बिरुवा रोप्दै उनले उम्मेद्दवारी घोषणा गरेका हुन । आगामी मँसिरमा हुने अधिबेसनमा महामन्त्रीका लागी यस अघिनै गगन थापाले आफ्नो उम्मेद्दवारी घोषणा गरेका छन । त्यस्तै डा. मिलेन्द्र रिजाल, बालकृष्ण खाँड, प्रकाश शरण महत तथा प्रदिप पौडेल समेत महामन्त्रीको दोडमा रहेको चर्चा छ । यधपि उनिहरुले आफ्नो उम्मेद्दवारीको औपचारिक घोषणा भने गरेका छैनन ।

