भाद्र २९ गते सार्बजनिक बिदाको घोषणा, मेला भने नलाग्ने

Dipak Pudasaini Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

काठमाण्डौ, २४ भदौ । कागेश्वरी मनोहरा नगरपालीकाले भाद्र २९ गते सार्बजनिक बिदाको घोषणा गरेको छ । ऐतिहाँसिक कागेअष्टमी पर्बको अबसरमा सार्बजनिक बिदा दिएको नगरपालीकाका मेयर कृष्णहरी थापाले सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन । उहाँका अनुसार यसबर्ष कागेश्वरी धाममा मेला भने नलाग्ने भएको छ । कोभिड १९को जोखिम कायमै रहेका कारण नागरिकको स्वास्थलाई ध्यान दिदै भिडभाड नियन्त्रणका लागी मेला नगर्ने निर्णय भएको हो ।
यसै कागेश्वरी महादेब र यहिबाट शुरुभएको मनोहरा नदि किनारमा अबस्थित रहेकोले कागेश्वरी मनोहरा नामाकरण गरिएको तथा स्थानिय मेला जात्रा समेत पर्ने भएकेले नगरपालीकाले हरेक बर्ष कागेअष्टमीका दिन नगर भित्र सार्बजनिक बिदा दिदै आएको छ ।