पार्टी विभाजनपछि संगठनलाई कमजाेर हुन नदिन ओली देशदौडाहामा

NewsBankNepal Banner Headline with Image , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली पार्टी विभाजनपछि कम्जोर हुने देखिएको संगठनलाई बलियो बनाउन देश दौडाहामा निस्केका छन् । हिजो झापा पुगेका उनी
आज बुटवल जाँदैछन्।

रुपन्देही जिल्लाका पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली बुटवल जान लागेका हुन्।भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने दावी गरिएको छ ।