साढे ३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ८ जना दोषी ठहर

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

मोरङ । साढे ३३ किलो सुन तस्करी प्रकरणमा ८ जना दोषी ठहर भएका छन् भने ४८ जनाले सफाइ पाएका छन् ।जिल्ला अदालत, मोरङले मंगलबार हत्या ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ ।

दोषी ठहर हुनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

सोही प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् । सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल छन् ।

त्यस्तै, डीएसपी सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्काले पनि सफाइ पाएका छन् ।

दुबईबाट २०७४ माघ ९ मा नेपाल आएको साढे ३३ किलो सुन गायब भएको थियो ।