काठमाडाैं । न्यायाधीशहरुसँगको सहमति उल्लंघ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सबै किसिमका मुद्दाको पेशी तोकेका छन् ।
प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफ्नो एकल इजलास तोकेका छन् भने अन्य ९ वटा इजलास विभिन्न न्यायाधीशलाई तोकेका छन् ।प्रधानन्यायाधीश आफू पछि नचाहेपछि र उनले आजका लागि आफ्नो पनि इजलास सहित सबै किसिमका मुद्दामा पेशी तोकेपछि मतभेद झनै बढ्ने देखिएको छ ।
बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र पेशी तोक्नुपर्ने प्रधानन्यायाधीश जबराले आफू कुनै पनि इजलासमा बस्न नपाउनेलगायत सर्तसहित न्यायाधीशहरु इजलासमा बस्न थालेका थिए ।प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरू आन्दोलनमा छन् भने उनीहरुले इजलास समेत बहिस्कार गर्दै आएका छन् ।
राजीनामा नदिने मुडमा रहेका प्रन्या जबराले पेलेरै जाने संकेत गरेपछि अदालतभित्रको द्वन्द्व झन बढ्ने देखिएको छ ।
यसैबीच, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताएका छन् ।प्रधानन्यायाधीस जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

