प्रधानन्यायाधीश जबरालाई जोगाउन खोज्ने न्यायाधीशविरुद्ध आन्दोलन गर्ने बारको चेतावनी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौं ।प्रधानन्यायाधीश चोेलेन्द्रशमसेर जबराको निरन्तरताका लागि कुनै न्यायाधीशले पहल गरे उनीहरूविरुद्ध पनि आन्दोलन गर्ने आन्दोलनरत नेपाल बार एसोसिएसनले चेतावनी दिएको छ ।

न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको भन्दै बारले उनीहरूप्रति खबरदारी गरेको हो ।‘प्रधान्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य नहुने भन्दै तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौं, बारका महासचिव लिलामणि पौडेलले चेतावनी दिए ।

सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशको साथ छाडेर ४ जना न्यायाधीश नियमित काममा फर्किएपछि महासचिव पौडेलले त्यस्तो चेतावनी दिएका हुन्। न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् ।