प्रत्येक वर्ष मोक्षदा एकादशीका दिन मनाइने गीता जयन्तीको सनातन धर्ममा विशेष महत्व रहेको छ । श्रीमद्भगवद्गीताका प्रत्येक श्लोकमा ज्ञानको अनुपम प्रकाश छ । यस दिन भगवान विष्णु र कृष्णको विशेष पूजा गरिन्छ ।
यति मात्र होइन, यस पवित्र दिनमा भक्तजनहरू व्रत बस्छन् । यस दिन व्रत र पूजा गर्नाले सबै पाप नष्ट भएर मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ । यही दिन कुरुक्षेत्रमा भगवान कृष्णले अर्जुनलाई गीताको उपदेश दिएका थिए ।
भनिन्छ, श्रीकृष्णले अर्जुनलाई जे–जति शिक्षा दिनुभयो, ती आज पूर्णरूपमा मिल्छन् । यस दिन भगवान कृष्णले अर्जुनलाई श्रीमद्भागवत गीताको दिव्य उपदेश दिएका थिए, जसको उद्देश्य मानव कल्याणको लागि थियो ।
भगवान श्रीकृष्णको मुखबाट निस्किएको गीताको कलियुगमा निकै महत्वपूर्ण छ । कुरुक्षेत्र बाहेक गीता जयन्ती विशेष गरी विभिन्न मन्दिर र घरघरमा भक्तजनहरूले मनाउने र घरघरमा हरिगीता वाचन गर्ने गर्दछन् । यति मात्र होइन, धार्मिक मान्यता अनुसार सुखी जीवन बिताउने, उन्नति र सर्वाङ्गीण विकास गर्ने परम साधन यज्ञ हो । कलियुगमा पनि गीताबमोजिम कर्म गर्नु आवश्यक छ ।
गीता मा भनिएको छ
यदा यदा हि धर्मस्य ग्लानिभर्वति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे।। (४.७–८)
अर्थात् भगवान श्रीकृष्ण अर्जुनलाई भन्नुहुन्छ कि हे भरतवंशी ! जब–जब धर्मको विनाश हुन्छ र अधर्म व्याप्त हुन थाल्छ, तब म यस संसारमा अवतार लिन्छु । म मेरा भक्तहरूको रक्षा गर्न, दुष्टहरूको विनाश गर्न र धर्मको पुनः स्थापना गर्नका लागि प्रत्येक युगमा अवतार लिन्छु ।
श्रीकृष्णले दिएको शिक्षा सबैलाई चाहिन्छ । आज अर्जुनजस्तै धेरै भक्तहरू जीवनमा संकटको सामना गरिरहेका छन् । उनको संकट महाभारतको युद्धभन्दा कम छैन् । यति मात्र होइन, हरिगीताको चौधौँ अध्यायको हरिगिताको पाठ गर्ने भक्तलाई भगवानको आशीर्वाद प्राप्त हुने जनाइएको छ । गीतालाई गीतोपनिषद पनि भनिन्छ । गीताको उपदेशलाई आत्मसात र पालन गर्नाले सबै कठिनाइ र शंकाहरू हट्छन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।