काठमाडाैं । बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म विद्युत् कटौती हुने जनाइएकाे छ । सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको उनले प्रस्ट पारे । चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर नेपालको जलविद्युत् आयोजनाहरुको उत्पादन घट्ने अवस्था छ ।
गत असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोसीका संरचनामा क्षति पुर्याएको थियो ।