पाण्डेको कथा सँग्रह ‘प्रच्छन्न इन्द्रिय’ को लोकार्पण

Dipak Pudasaini Latest Update , News/समाचार , साहित्य , साहित्य/ पुस्तक , २ हप्ता अगाडि

काठमाण्डौ, ८ मँसिर । कथाकार शिब प्रसाद पाण्डेको कथा सँग्रह ‘प्रच्छन्न इन्द्रिय’ लाई लोकार्पण गरिएको छ । सामाजिक न्याय, बृद्ध, बालक, महिला तथा पिछडिएका बर्गको उत्थान र सँरक्षणकालागी आरक्षण हुनुपर्छ भन्ने भाब बोकेका ३६ कथाहरुको सँगालो ‘प्रच्छन्न इन्द्रिय’को आज लोकार्पण भएको हो ।


शिक्षाबिद एबँ कथाकार पाण्डेले समाजमा देखेका, भोगेका, सुनेका र अनुभब गरेका बिषय समेटेर लेख्नु भएको कथाहरु सँकलन गरेर कथा सँग्रह प्रकाशन गर्नु भएको हो ।


प्रा.डा. लक्ष्मण गौतमको प्रमुख आतिथ्यतामा सँम्पन्न पुस्तक लोकार्पण समारोहको आयोजना जेष्ठ नागरिक समाजले गरेको थियो ।
प्रमुख अतिथी गौतम्, जनस्वास्थविद्, समालोचक एबँ कथाकार डा.रबिन्द्र समिर, ब्यँङ्ग लेखक लक्ष्मण गाम्नागे, समालोचक एबँ साहित्यकार ज्ञानु अधिकारी, जेष्ठ नागरिक समाजका अध्यक्ष चिरन्जिबी कँडेल, तथा योग शिक्षक दिग्बिजय आनन्द लगायतले सँयुक्त रुपमा कथा सँग्रह प्रच्छन्न इन्द्रियको लोकार्पण गर्नु भएको थियो ।


बिमोचन समारोहमा लेखक पाण्डेले कथा लेखनको पृष्टभुमी देखी पुस्तक प्रकाशन गर्दाका अप्ठेराहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
जेष्ठ नागरिक समाजका अध्यक्ष चिरन्जिबी कँडेलको सभापतित्वमा सम्पन्न पुस्तक बिमोचन समारोहमा उपस्थित प्रमुख अतिथी तथा अतिथीहरुले प्रकाशित कथा सँग्रह ‘प्रच्छन्न इन्द्रिय’ काबारेमा सँक्षिप्त बिश्लेषण गर्नु भएको थियो ।