काठमाडौं २१ मंसिर । बरिष्ट टेलिभिजन पत्रकार मनोहरी थापा द्धवारा निर्माण गरिएको चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने भएको छ ।
बिभिन्न स्थानहरुमा भएको बिशेष प्रदर्शनमा अत्याधिक रुचाईएको चलचित्र ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ ।
आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन तथा भरपुर मनोरन्जर रहेको चलचित्रमा कथा तथा संगीत सम्राट थापाको रहेको छ ।
उक्त चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन तथा मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘एक्टर’ नायक प्रिन्स थापाको डेब्यु चलचित्र पनि हो ।