राष्ट्रिय सभा सदस्यकाे निर्वाचन प्रक्रिया आजदेखि सुरु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएकाे हाे ।

 निर्वाचन प्रक्रिया अन्तर्गत  पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

१९ जना सदस्यका लागि निर्वाचन गर्न लागिएकाे हाे ।निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् ।राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १४९३ जना र प्रदेश सभामा ५३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।

संघीय संसद सचिवालयका अनुसार आगामी फागुन २० मा एमालेका आठ, कांग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदैछ ।