माओवादीमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित,पदाधिकारीकाे टुंगो आज

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो ।

केन्द्रीय सदस्यको घोषणा गर्दै माओवादीको महाधिवेशन आज सम्पन्न भएको हो । आज घोषणा गरिएका १४५ खुल्ला केन्द्रीय सदस्यमध्ये १११ को विवरण प्राप्त भएको छ । त्यसमा बाँकी रहेका ३४ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ ।

यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ । नवनिर्वाचित घोषित केन्द्रीय समितिको पहिलाे बैठक भाेलि बस्दैछ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने दावी गरिएकाे छ ।