काठमाडाैं ।भाेलिका लागि डाकिएकाे प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रतिनिधिसभाको अर्काे बैठक पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने गरी स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला अधिवेशन रहेको र सांसदहरू काठमाडौं बाहिरका जिल्लामा जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव भरत गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।एमालेले पुस २३ गतेदेखि जिल्ला अधिवेशन गरिरहेको छ ।
गत आइतबार पनि यसैगरी बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गर्दै बिहीबारका लागि सारिएको थियो । अघिल्लो पटक विशेष कारण देखाउँदै स्थगित गरिएकाे थियाे । एमालेले प्रतिनिधिसभा र राष्ट्रिय सभामा भदौदेखि नै निरन्तर अवरोध गर्दैआइरहेको छ ।