बेलायत र नेपालको दृष्यमा ‘हेल्लो जिन्दगी’

Dipak Pudasaini Entertainment/मनोरञ्जन , Latest Update , ३ वर्ष अगाडि

काठमाडौं, २६ पुस । बेलायत तथा नेपालको दृष्य समेटिएको चलचित्र हेल्लो जिन्दगीले प्रदर्शन मिती सार्बजनिक गरेको छ । केही दिन अघि फस्र्टलुक पोस्टर सार्वजनीक गर्दै चैत्र ११ गतेलाई प्रदर्शन मिति तोकेको हो । प्रदर्शन मिती सार्बजनीक गरेसँगै चलचित्रले प्रचार प्रशारलाई ब्यापक बनाउदै लगेको छ । सोही क्रममा प्रमुख अभिनेता तथा निर्माता बिक्रम डि जोशीले आफ्ना स्कुले साथीहरुलाई ‘हेल्लो जिन्दगी’ का तर्फबाट मायाको चिनो प्रदान गरेका छन् । जोशीले आफू पढेको स्कुल सिद्धार्थ बनस्थली–२०४७ को ब्याचले शनिबार राजधानीको मनास्लु होटलमा आयोजना गरेको बिद्यार्थी पुनर्मिलन समारोहमा आफ्नो फिल्मको तर्फबाट ‘हेल्लो जिन्दगी’ अंकित ‘टोकन अफ लभ’ र ‘गिफ्ट ह्याम्पर’ उपलब्ध गराएका हुन् । समारोहमा अभिनेता जोशीका साथीहरुले ‘हेल्लो जिन्दगी’ को सफलताको शुभकामना ब्यक्त गर्दै उनको ब्यक्तित्व, अभिनय कला र सहयोगी भावनाको चर्चा गरेका थिए । चलचित्रका तर्फबाट मुख्य सहायक निर्देशक सुदीप कुँवरले मायाको चिनो प्रदान गरेका थिए । सँगै पढेका साथीहरुसँग ‘हेल्लो जिन्दगी’ का तर्फबाट भए पनि जोडिन पाएकोमा अभिनेता जोशीले खुशी ब्यक्त गरे ।


महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्सँगको सहकार्यमा बिरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ‘हेल्लो जिन्दगी’ बेलायत र नेपालमा खिचिएको हो । महंगो लगानीमा निर्माण भएको फिल्मको निर्मातामा हिराल जोशी र बिक्रम डि जोशी छन् । सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सबिता गुरुङ छिन् । फिल्ममा बिक्रम डि जोशीका साथमा प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई,एभरेष्ट सूर्य बोहरा,बिक्रान्त बस्नेत,सबिता गुरुङ,जानकी पन्त,धु्रव दत्त,कुमुद पन्त र सनमकुमार बैरागको अभिनय छ । निर्देशक बोहरा र बिक्रम डि जोशीको कथा रहेको फिल्मको लाइन प्रोड्युसरमा डि क्रिएटिभ स्टुडियो,युके र काम्मा इन्टरटेन्मेन्ट,इन्डिया छन् । केही समयमै फिल्मको पहिलो गीत सार्वजनीक गरिने जानकारी निर्देशक बोहराले दिएका छन् ।