‘देशमा पीडितले न्याय पाउनु भनेको आकाशको चन्द्र छुनु जस्तै हो’ – केसी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडौ २७ पुष । संघीय गणतन्त्र आएको देशमा पीडितले न्याय पाउनु भनेको आकाशको चन्द्र छुनु जस्तै भएको राष्ट्रवादी केन्द्र नेपालकी केन्द्रिय अभियन्ता बिन्दु केसीले बताउनु भएको छ । ३०० औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रवादी महिला संघको आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता तथा बढ्दो महँगी विरुद्ध माइतीघर मण्डलामा बिरोध प्रदर्शन कार्यक्रमा उहाँले उक्त कुरा बताउनु भएको हो ।
जसरी पृथ्वीनारायण शाहले मकै, भटमास खाएर देश एकिकरण गरेका थिए त्यसैगरी राष्ट्रवादी केन्द्र नेपालले शिक्षा र स्वास्थ्य निःशुल्क सहित रोजगारको ग्यारेन्टीको लागी त्योभन्दा कठिन दुख सहन तयार रहेको पनि केसीले बताउनु भयो । उहाँले भन्नुभयो आज देशभित्र रोजगार नपाएर बिदेशीनु पिडा, हत्या हिंसा बलात्कार जस्ता जघन्य अपराध बढ्दै गएको छ । एमसीसी परियोजना नेपालको हित बिपरित छ, राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म हामी निरन्तर संघर्षमा लागिरहन्छौ ।

उक्त अबसरमा अभियन्ताहरुले पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै बढ्दै गरेको महंङी, देशमा बेरोजगार भएर बिदेशीनुको पिडा, एसिड खसाल्ने, जिउँदै जलाउने, श्रम र यौन शोषण तथा बलात्कार जस्ता हिंसाबाट पीडित हुँदा समेत न्याय नपाएकोमा आक्रोश ब्यक्त गरेका थिए ।
महिला माथी बढ्दै गरेको हिंसा रोकिनु पर्ने , शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्ने , देशभित्रै रोजगारको ग्यारेन्टी हुनुपर्ने, बढ्दै गरेको महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग उनिहरुको थियो । नेपाली दिदिबहिनीका भावना बिपरित सत्ताधारीले काम गर्न खोजेमा भने घरघरबाट डाडु पुनियाँले लखेटिने अबस्था आउने तर्फ सचेत गराउँदै उनिहरुले डाडु पुन्यौँ देखाएर महंगी घटाउनु पर्न माग समेत गरेका थिए ।

घरघरबाट सुरु गरौं महिला हिंसा अन्त्य गरौंं, एमसीसी खारेज गर, बढ्दो महङगी नियन्त्रण गर, माटो सुहाउँदो शिक्षा प्रणाली लागु गर, शिक्षा स्वास्थ्य निशुल््क गर, स्वदेशमै रोजगारको ग्यारेन्टी गर, भ्रष्टाचारको अन्त्य गर , अनुदानको नाममा देश बेच्न पाइदैन जस्ता प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा सहित बिरोध प्रदर्शनमा उत्रिएका थिए ।