काठमाडौं । एमसीसी सम्झौता अनुमोदनले सत्तारुढ दल नेकपा माओवादी केन्द्रलाई फुटको डिलमा पुर्याएको छ। पार्टीमा अध्यक्ष प्रचण्डको एकलौटी निर्णय र दम्भका कारण पटकपटक टुक्रिदै गएको माओवादीमा एमसीसीले गर्दा फेरि त्यो स्थिति निम्त्याएको छ ।
प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा माओवादीमा नेता नारायणकाजी श्रेष्ठ पक्षको असन्तुष्टि बढेको छ। अध्यक्षले केहीदिन अघि पत्रकार सम्मेलनमा कसैले पार्टी छाडेर जान्छन् भने जाउँन भनेपछि नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय सदस्यहरूसँग दुई दिनदेखि आन्तरिक बैठक गरिरहेका छन् ।
सोही विषयलाई लिएर श्रेष्ठले नयाँ पार्टी गठन गर्ने कि पार्टीभित्र अन्तरसंघर्ष गरेर जाने भन्ने विषयमा निरन्तर छलफल गर्दै आएका छन् । हात्तीवनस्थित उनको निवासमा भेला चलिरहेको छ ।भेलाले भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा जाने कि नजाने भन्ने विषयमा पनि निष्कर्ष निकाल्ने स्रोतले बताएको छ।
पछिल्लो समय अध्यक्षको अभिव्यक्तिले अलि असहज भएको श्रेष्ठ पक्षको भनाई छ । राष्ट्रिय स्वाधीनताको कुरा सार्वजनिक रूपमा उठाउँदाअध्यक्षले पार्टीबाट गएपनि हुन्छ, वामदेवको जस्तो हालत हुन्छ भनेकाले समया भएको एक नेताले भने ।
यसैबीच, अध्यक्ष प्रचण्डले पार्टीका असन्तुष्ट नेता श्रेष्ठलाई पार्टी छाडेर नजान फकाउने प्रयास गरिरहेका छन ।श्रेष्ठलाई बिहान आफ्नै निवास खुमलटार बोलाएर उनले आफ्नो असन्तुष्टि पार्टीको बैठकमा राख्न र पार्टी नछोड्न आग्रह गरेका छन ।

