काठमाण्डौ १९ फागुन । चुनाब सकिएर कार्यभार सँहाले देखिनै हामि नागरिकका प्रतिनिधि हौं भन्ने भाबना अनुशरण गरेकाले आफु र आफ्नो टिम सफल भएको कागेश्वरी मनोहरा नगरपालीकाका प्रमुख कृष्णहरि थापाले बताउनु भएको छ ।

नगरपालिकाकै आयोजनामा आज मुलपानीस्थित नोर्लिङ रिसोर्टमा आयोजित जनप्रतिनिधि र कर्मचारीबीच ५ बर्षको सहयात्रा, बिकाश निर्माण लगायतका बिषयमा भएको समिक्षात्मक बैठकमा प्रमुख थापाले यस्तो धारणा ब्यक्त गर्नु भएको हो । उहाँले भन्नुभयो,’कर्मचारीको सकारात्म सहयोग बिना जनप्रतिनिधी सफल बन्न असँम्भब छ ।’

स्थानीय जनप्रतिनिधि नागरिकको घरदैलोको सरकार हो भन्दै उहाँले कर्मचारिहरुलाई मिठो बोली र मधुर मुस्कानसहित सेवा दिन आग्रह गर्नुभयो । हामी नागरिकका घरघरमा पुग्छौ सेवाग्राहीलाई कुन कर्मचारीले कस्तो ब्यबहार गरेको छ थाहा हुन्छ, त्यसकारण कर्मचारीले आफ्नो जिम्मेवारीको काम खुसिसाथ गर्नुपर्छ ।

उहाँले आफुले नगर प्रमुखको जिम्मेवारी सम्हाले यता नगरपालिका भित्र ६ अर्ब ९८ कारोड बराबरको बिकाश निर्माणको काम भएको पनि अबगत गराउनु भएको थियो ।
कार्यक्रममा नगर उप प्रमुख बिन्दु सिँखडाले आफ्नो जिम्मेवारीमा न्यायीक निरुपणको काम रहेको बताउँदै, उक्त कार्यमा मेलमिलापको नितीलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । हरेक वडामा ५ सदस्यिय मेलमिलाप समिती गठन गरेको जानकारी दिदै उपमेयर सिंखडाले न्यायिक समितीमा धेरैजसो आलीसाँध, घरेलुहिँसा तथा लेनदेन लगायतका मुद्दा बढि आउने गरेको जानकारी समेत दिनु भएको थियो ।

९ वटै वडाका वडाअध्यक्षहरुले आ आफ्ना धारण राख्दै कर्मचारी र जन प्रतिनिधि दुबै सेवक भएकोले नागरिकका कामका साथै बिकाश निर्माणका काममा समेत हातेमालो गर्दै सेवा दिनुपर्ने धारणा ब्यक्त गरेका थिए । उनिहरुले नगर प्रमुखबाट समेत राजनैतिक भेदभाब बिना बिकाश निर्माणका काममा सहयोग गरेको बताउँदै कर्मचारी तथा जनप्रतिनिधीले आ आफ्नो काम कर्तब्य र अधिकार सँम्झनु पर्ने बिचार ब्यक्त गरेका थिए ।

नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले स्वागत गरेको कार्यक्रममा स्वास्थ शाखा प्रमुख लक्ष्मि कोइराला, योजना शाखा प्रमुख ऋषिकेश तिम्सिना, शिक्षा शाखा प्रमुख बिमल निरौला, भवनशाखा प्रमुख उमेशजँग थापा, प्रबिधिक रामबाबु देउजा लगायतले जनप्रतिनिधि सँगको सहकार्यले भएको कामको बिकास निर्माणको प्रगति तथा कार्यसहजताका बारेमा धारणा राख्नु भएको थियो ।

भारतको नयाँदिल्ली स्थित राजिबगान्धी अस्पतालमा उपचाररत नगर प्रबक्ता एवं ५ नं वडाका वडा अध्यक्ष राजाराम पुडासैनीले भर्चुअल संबोधन मार्फत कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

