श्रीलङ्कामा २६ मन्त्रीले गरे सामूहिक राजीनामा

NewsBankNepal Banner Headline with Image , News/समाचार , प्रवास , ४ वर्ष अगाडि

दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन्।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन्। राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन्। तर प्रधानमन्त्री महिन्द राजपक्ष र उनका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा गरेका छैनन्।

यसअघि कर्फ्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए।श्रीलङ्का सन् १९४८मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ।

लगभग आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन्।