काठमाडौंको टुँडिखेलमा ध्यान, नृत्य र संगीतको ‘सेलिब्रेसन’ हुँदै

Dipak Pudasaini Banner Headline with Image , Entertainment/मनोरञ्जन , Latest Update , Spiritual/अध्यात्म , न्युज बैंक बिषेश , २ वर्ष अगाडि

काठमाण्डौ, २५ चैत्र । काडमाडौंको टुँडिखेलमा ‘सेलिब्रेसन’ नामक भव्य उत्सव हुने भएको छ । २०७९ सालको शुभारम्भ सँगै वैशाख १ गते ध्यान, नृत्य र संगीतको साथमा मनाइने उक्त उत्सवको आयोजना ओशो तपोवनसँगको सहकार्यमा ओम नेपाल मिडियाले गर्न लागेको हो ।
४ बजे देखि शुरु हुने उत्सवका लागी अपराह्न २ः३० बजे देखि नै गेट खुल्ला हुनेछ । नयाँ वर्षलाई नयाँ उत्साहका साथ शुरूवात गर्ने अभिप्रायले भव्य कार्यक्रमको आयोजना हुन लागेको हो । मानिस विभिन्न परिस्थितिका कारण निरास, हतास र तनावग्रस्त हुँदै गइरहेका छन् । व्यक्तिले जीवनलाई सन्तुलित बनाउने मार्ग भेट्न आजको समयमा कठीन भइरहेको छ । पछिल्लो समय कोरोना महामारीले मानसिक सन्तुलनलाई समेत गिजोलेको अबस्था छ जसका कारण मानसिक समस्याहरु बढ्दै गइरहेका छन् । यस ‘सेलिब्रेसन’ कार्यक्रमले व्यक्तिलाई ध्यान, नृत्य, संगीत तथा शान्ति सहितको महाउत्सवमा सहभागी भएर तनाव व्यवस्थापन गर्ने मार्गतर्फ अग्रसर हुन प्रोत्साहित बनाउने विश्वास आयोजकको छ ।


यस विशाल र विशेष एक फरक उत्सवमा भारतको प्रतिष्ठित पद्यश्री पुरस्कारबाट सम्मानित भारतीय सुप्रसिद्ध निर्गुण भक्ति संगीतका महारथी गायक प्रह्लाद सिंह टिपानियाको विशेष प्रस्तुति रहने छ । ओशो तपोवनका संरक्षक तथा संस्थापक वोधिसत्व स्वामी आनन्द अरूणको सत्सङ्ग र आर्शिवाद प्राप्त गर्ने शुभ अवसर समेत मिल्नेछ । नेपालको चर्चित संगीत व्याण्ड ‘कुटुम्ब’ को बेजोड लाइभ प्रस्तुति रहनेछ । यससँगै कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरू सहभागी हुनेछन् ।
नयाँ उत्साह र नयाँ उर्जाका साथ मनाइन लागिएको ध्यान र उत्सवको यस महायज्ञमा सहभागी भएर आम मानिसहरूले आपूmमा कसरी सकारात्मक रूपान्तरण गर्न सकिन्छ भनेर बुझन पाउने छन् ।

ज्ञान, ध्यान, सत्सङ्ग र साधनाको माध्यमबाट ओशोको आधुनिक मनुष्यलाई बुद्धत्व र भगवत् स्थिति प्राप्त गर्ने समग्र मुनष्य बन्ने नयाँ जीवन दर्शन ‘जोरबा दी बुद्ध’को जीवनशैलीको बारेमा अनुभव लिन सक्ने छन् । ध्यान के हो भनेर महसुस गर्न पाउने छन् ।